फेसबूकमा अर्घाखाँचीबासीसँग गफगाफ (घर परिवार, सुख-दुख देखि रोजगारका लागि विदेशसम्म)

– रमेश थापा ।

 

अर्घाखाँची जिल्लाको ढिकुरा ६, काफ्लेमा घर पर्छ अहिले बराइनबाट हो भनेर आफ्नो परिचय बताउने जनक दर्लामीले अर्घाखाँचीडट्कम सँग केही गफगाफ गरे।

 

ढिकुरा, काफ्लेका जनकले आफु नेपालमा  बेरोजगार भई काम गर्न बराइन आएको बताए। खासै राम्रो काम छैन, ४ बर्ष भयो आएको भनेर आफ्नो कामको बारेमा या- वा बताएका उनको विवाह पनि भइसकेको छ। भने उमेर २५ बर्ष।

 


 जनक दर्लामी,  बराइन। तस्बिर: फेसबूक

 

आफुले आईए सम्म पढेको बताउने जनकलाई आफ्नी श्रीमती ईश्वराको अती नै सम्झना आउने र समय- समयमा फोन संपर्क भईरहने पनि बताए। सोचे जस्तो हुदो रहिनछ जीवन भनेर गीत शैलीमा जीवनको उल्था गर्ने उनी अबको १ वर्षमा नेपाल फर्कने भएका छन ।

 

नेपालको राजनीतिक, सबिधान जेसुकै होस् त्यो नेपाली जनताको हितमा हुनुपर्छ भनेर छोटो जवाफ दिने उनलाई बराइन बसाइ एवम काम राम्रै लागेको बताए र यतिकैमा उनी सँग अर्घाखाँचीडट्कम विदा भयो।

 


यसैक्रममा लामो समय देखि बारम्बार गफगाफ गर्न कोशीश गर्दा पनि नपाएको भनी दुखी भई बसेका कृष्ण ओलीले अन्तत अर्घाखाँचीडट्कमसँग गफगाफ गरी छाडे ।

 


मस्कट ओमानबाट अन्लाईनमा बसेको हो भनेर सबै लेख्न भ्याएका कृष्णको घर किमडाँडा -९ को लाम्लामे, अर्घाखाँचीमा पर्छ । ओमानको एक फुड उधोगमा ओमान एअरलाईनको लागि फास्टरी कूक बनाउन्छु, ८ घण्टा काम गर्छु, बढी भएमा कम्पनीले पे गर्छ भनेर अनेकौ निरन्तर गफगाफ गरेका उनी त्यहाँ आएको ३ वर्ष ४ महिना पुग्यो। र सिप भए ओमानमा राम्रै पैसा कमाउन सकिने पनि बताए।

 


 कृष्ण ओली, मस्कट ओमान। तस्बिर: फेसबूक

 


३४ बर्ष उमेर भयो, छोरा मनोज, छोरी मानसुब्बाले ग्रीन बोर्डिङ स्कुलमा पढ्ने, मुम्मी बाबा चुत्राबेशीमा बस्ने, श्रीमतीले घर समालेर बसेकी छन, सधैं जस्तो कुराकानी-संपर्क हुन्छ भनेर सबै पारिवारिक विवरण बताएका कृष्णले अझै १० बर्ष त्यहाँ नै काम गर्ने योजना रहेको बताए।

 


आइ ह्याट नेपाली सिस्ट्म एन्ड रुलरज, ल एन्ड अर्डर मन पर्छ, मलाई थाहा छ म जस्तो मान्छेलाई नेपालमा काम पाउन गार्हो छ भनेर क्रुद्द देखिएका कृष्णलाई राजनीतिक चासो भएपनि आफु कुनै पार्टी- सस्थाको अन्धो भक्त नभएको पनि बताए। साथै समयमा सबिधान नबने सबै संसद, नेताले आज सम्म खाएको सबै भत्ता आफ्नो सम्पत्तीबाट तिर्नुपर्ने पर्छ भनेर स्पष्ट राजनीतिक कुरा गरेका उनलाई नेपालमा बस्दा कर्मचारी, म्यानपावरका दलाल, नेताहरुको गरेको व्यहार प्रती घ् णा लाग्ने र सरकारी पैसा खाएरपनि जेसुकै काम गर्दा घुस खाने, दु:ख दिने यस्ता हुतिहारलाई मृत्‍युदण्ड दिनुपर्छ भनि बताए।

 


यसरी निरन्तर कुरा गरेका कृष्णसँग पनि यतिकैमा अर्घाखाँचीडट्कम बिदा भयो।

 

यसैगरी काठमाडौंमा बसी अर्घाखाँचीको हट न्युज के छ भनेर बारम्बार लामो समय देखि सोधिरहने गोबिन्द खनालले अब नियमित अर्घाखाँचीडट्कमको अन्लाईन संस्करणबाट नै समाचार सामाग्री हेर्ने छु भन्ने सर्तमा गफगाफ गरे।

 

राजधानी काठमाडौं स्थित पुतलीसडकमा बस्दै आएको बताउने गोबिन्दको घर अर्घाखाँचीको सितापुर ६ मा पर्छ भने उनले काठमाडौंमा बिए तहमा पढने र ट्याक्सपेयर सर्भिस अफिसमा सानोतिनो जागिर गर्छु भनेर पनि बताए।

 

२ बर्ष अगाडि काठमाडौं आएको, काठमाडौंमा त ग्यास, तेलको अभाव छ, महिनाको ५ हजार रुपैया खर्च हुन्छ बस्न, खानलाई भनेर आफ्ना राजधानी बसाईका अनुभव सुनाउने उनी विहान क्याम्पस जाने, दिउसो १० हजार रुपैयाको जागिर गर्ने पनि बताए।

 


गोबिन्द खनाल (बाँयाबाट दोस्रो), काठमाडौं नेपाल। तस्बिर: फेसबूक

 

उमेर २० बर्ष भयो, परिवारमा आमा, बुवा, हजुरबा, हजुरआमा हुनुहुन्छ,  दिनको १ पटक आमालाई फोन गरेकै हुन्छु,  भनेर सुनाउने गोबिन्दले आफ्नो गाउँ सितापुर दमरामा मोटरबाटो अझै नपुगेको तर भर्खरै खन्दै छन रे, विजुलीबती पुगेको कुरा फोनबाट थाहा भएको पनि बताए।

 

अबको ३ वर्ष पछि बल्ल लभ गर्ने विचारमा छु, लभ-लाभमा खोइ मलाई नै थाहा छैन त्यो तिर रुची नै जान्न भनेर यौवनका गफ गरेका उनले सेक्सको बारेमा पनि हल्का विश्षेलेषण गरे। ईन्टरनेटको प्रयोग बढी साँझमा गर्छु, तर विषेश गरेर समाचार हेर्छु भनेर निरन्तर कुरा गरिरहेका गोविन्दले आफुलाई राजनीतिकको बारेमा खासै केही पनि थाहा नभएको बताए । तर पनि सबिधान भने जनताले चाहेको हुनुपर्नेमा जोड दिए।

 

र नियमित अर्घाखाँचीडट्कम अन्लाईन संस्करण हेर्ने उनीसँग पनि यतिकैमा अर्घाखाँचीडट्कम गफगाफबाट बिदा भयो ।  

 

 

 

 





 

यस अघिका गफगाफहरुमा:

 
































 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अन्य समाचारहरु