उज्वेकिस्तानका २२ वर्षिय नागरिकद्धारा अमेरिकी राष्ट्रपतिको हत्या योजना बनाएको स्वीकार



उज्वेकिस्तानका नागरिक उलुजबेक कोलिरोवले अमेरिकी राष्ट्रपति बाराक ओबामाको हत्या योजना बनाएको स्वीकार गरेका छन् । २२ वर्षिय उज्वेक कोलिरोवले अमेरिकाको दक्षिणी अलाबामा राज्य स्थित एक अदालतमा चलेको मुद्धाको सुनुवाईका क्रममा यो रहस्योद्घाटन गरेका हुन् । कोलिरोव र उज्वेकिस्तानको इस्लामिक मुभमेन्ट्का सदस्य ठानिएका एक व्यक्तिसंग अमेरिकी राष्ट्रपति ओबामालाई टाढैबाट बन्दुक हानेर मार्न सकिने विषयमा छलफल गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको अधिकारीरुले जनाएका छन् ।


अभियोग प्रमाणित भएमा कोलिरोवले ३० वर्ष सम्मको जेल सजाय भोग्नु पर्ने हुन्छ । कोलिरोवमाथि ओबामाको हत्या योजना रचेको , आतंकवादीहरुलाई सहयोग पु-याएको र स्वचालित हतियार राखेको अभियोग लगाइएको छ । गत जुलाईमा अवैध ढंगबाट हतियार र गोलीगठ्ठा खरिद गरेको आरोपमा कोलिरोव पक्राउ परेका थिए । कोलिरोवले विद्यार्थी भिसा पाएपछि अमेरिकामा रहेर पनि कहिल्यै कलेज नगएको अधिकारीहरुले जनाएका छन् ।