आर्थिक संकटबाट गुज्रिरहेको ग्रीसमा मन्त्रिपरिषद्ले खर्च कटौतिको नयाँ योजनामा स्वीकृति प्रदान गरेको छ ।
मन्त्रिपरिषद्को यो निर्णयलाई संसदले अनुमोदन गर्न भने बांकी छ । सरकारी खर्च कटौतिको विपक्षमा पाँच मन्त्रीले राजीनामा दिएपछि मात्र योजना स्वीकृत भएको बताइएको छ । यसअघि खर्च कटौतिको विरोधमा राजधानी एथेन्समा शुक्रवारबाट ४८ घण्टे आमहड्तालको आह्वान गरिएको छ ।
सरकारको खर्च कटौति योजनामा १५ हजार रोजगारीमा कटौती, मासिक ज्याला दरमा २० प्रतिशतसम्म कटौती, श्रम काुननमा उदारिकरण जस्ता प्रावधान छन् । प्रधानमन्त्री लुकास पापाडेमोसले ऋण चुस्ता गर्न नसक्ने हो भने मुलुकमा अराजकता पैदा हुने चेतावनी दिनु भएको छ । उहाले मुलुकलाई टाट पल्टिएको हेर्न नसकिने भन्दै यसका लागि अहिले ऐतिहासिक अवसर आएको बताउनु भयो ।
यूरोजोनका देशहरुले ग्रीसलाई सहयोग पाउने प्रमुख शर्तको रुपमा खर्च कटौती गर्नुपर्ने माग राखेका थिए । युरोजोनका देशले ग्रीसलाई आफ्नो क्रण चुक्ता गर्न खर्च कटौती योजना लागु गरे मात्र सहयोग गर्ने शर्त राखेका थिए । युरोजोनका अर्थमन्त्रीहरुले ग्रीक संसदले खर्च कटौती योजना अनुमोदन गरे ग्रीसलाई १ सय ३० अरब युरो ऋण दिने वचन दिएका छन् ।