भारतको उत्तर प्रदेश विधानसभाको दोस्रो चरणको चुनावका लागि मतदान

भारतको उत्तर प्रदेशमा चुनावका लागि मतदान हुँदै


भारतको उत्तर प्रदेश विधानसभाको दोस्रो चरणको चुनावका लागि आज मतदान भइरहेको छ ।

 

चुनावमा नौ जिल्लाको ५९ सीटका लागि १ हजार ९८ जना उम्मेदवार चुनावी मैदानमा छन् भने १ करोड ९२ लाख जनताले मताधिकार प्रयोग गर्न सक्ने छन् ।

 

दोस्रो चरणको निर्वाचनमा करिब ३५ प्रतिशत उम्मेदवार विभिन्न आपराधिक मुद्दामा आरोपित छन् भने ४१ प्रतिशत उम्मेदवार करोडपती रहेको बताइएको छ । काँग्रेस , भाजपा , मुख्यमन्त्री मायावतीको बहुजन समाज पार्टी लगायतबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

 

विभिन्न जिल्लामा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । उत्तर प्रदेशमा ५५ विधानसभा सिटका लागि गत बुधबार पहिलो चरणको चुनाव भएको थियो ।