दक्षिण अफ्रिकी सरकारले आफ्नो देशको सबै नोटमा नेल्सन मण्डेलाको तस्वीर अंकित गर्ने भएको छ । राष्ट्रपति जेकब जुमाले नयाँ स्वरुपसहितको नोट सार्वजनिक गरी यसको जानकारी दिनुभएको हो ।
स्वतन्त्रता प्राप्तिको आन्दोलनका क्रममा तीन दशकसम्म जेलमा बिताउनुभएका मण्डेला २२ वर्ष अघि रिहा हुनुभएको थियो । दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्दै उहाँ पहिलो अश्वेत राष्ट्रपति बन्नुभएको थियो ।
मुलुक निर्माणमा अनवरत संलग्न एक महान् नेता राष्ट्रले निकाल्ने मुद्रामा अंकित हुन लाग्नु भएको हो । नोट सार्वजनिक गर्दै राष्ट्रपति जुमाले जनताको सेवामा आफ्नो जीवन अर्पित गर्नुहुने मण्डेलाप्रति राष्ट्रका तर्फबाट कृतज्ञता व्यक्त गर्न चाहन्छु भन्नुभयो ।
नोटमा मण्डेला रिहाइ हुँदै गर्दाको मन्द मुस्कानसहितको समयको तस्वीर राखिएको छ । यसवर्षको अन्तिमसम्ममा नोट बजारमा आउने बताइएको छ ।