ब्राजिलमा भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेका एक पत्रिकाका सम्पादकको हत्या गरिएको छ । पाउलो रोड्रिगेज नामका पत्रकारको पाराग्वेको सीमानजिक पोटापोरामा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
ब्राजिलबाट प्रकाशित हुने डा प्राका पत्रिका र इमेरकोसुल न्यूज डटकम वेभसाइटका सम्पादक रोड्रिगेजको मोटरसाइकलमा आएका बन्दुकधारीले १२ गोली हानी हत्या गरेका थिए । उनलाई मारिएको स्थान लागूऔषध र अवैध हतियारको तस्करीका साथै राजनीतिक भ्रष्टाचारका लागि कुख्यात मानिन्छ ।
गएको हप्ता पनि भ्रष्टाचारको पर्दाफास गर्ने अर्का एक जना पत्रकार मारियो लोपेसको रियो दि जेनेरियोमा हत्या गरिएको थियो ।