थाइल्याण्डको राजधानी बैंककमा श्रंखलाबद्ध बम विष्फोट

बैंककमा श्रंखलाबद्ध बम विष्फोट


थाइल्याण्डको राजधानी बैंककमा श्रंखलाबद्ध बम विष्फोट गराइएको छ । इरानी नागरिक अनुमान गरिएको एक आत्मघाती आक्रमणकारीले आफैलाई विष्फोट गराई प्रहरीमाथि आक्रमण गर्न खोज्दा उसले दुवै खुट्टा गुमाउन पुगेको छ ।

 

यस्तै बैंककको ब्यस्त औद्योगिक क्षेत्रमा गराइएको दुई वटा विष्फोटमा चार जना घाइते भएका छन् । आफैलाई विष्फोट गराउन खोज्ने शंकास्पद इरानीसंग बस्दै आएको घरमा पनि एउटा विष्फोट भएको छ ।

 

यस्तै सोही इरानीको सहकर्मीले एउटा ट्याक्सीमा बम फ्यांकेको पनि प्रहरीले जनाएको छ । गत महिना मात्र अमेरिकाले बैंककमा सम्भावित विष्फोटको चेतावनी दिएको थियो ।

 

भारत र जर्जियामा इजरायली कूटनीतिज्ञलाई लक्षित गरी आक्रमण भएको दोस्रो दिन बैंककमा विष्फोट भएको हो । इजरायलले विष्फाटमा इर्रान र लेबनानको हिज्बुल्लाह समूहको हात रहेको आरोप लगाएको छ ।