पेरुमा भारी बर्षापछि आएको बाढी र पहिरोका कारण जनजीवन कष्टकर

पेरुमा बाढीका कारण जनजीवन कष्टकर


पेरुमा भारी बर्षापछि आएको बाढी र पहिरोका कारण जनजीवन कष्टकर बनेको छ ।

 

३० घर डुबानमा परेकाले उनीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

 

बाढी प्रभावित क्षेत्र माचुपिचुमा यातायात सन्चालनमा अबरुद्ध हुनुका साथै विद्युत आपूर्ति बन्द भएको छ । पेरु घुम्न गएका पर्यटक बीच बाटोमै अलपत्र परेका छन् ।

 

बाढीले पानीको बहाव बढेपछि कयौं बस्तीमा पसेको छ ।

 

 

केही साताअघिदेखि लगातार रुपमा भएको बर्षा अझ केही सातासम्म रहने मौसमबिदहरुले जनाएका छन् ।