अमेरिका भ्रमणमा रहनु भएका चिनिया उपराष्ट्रपति झी जिनपिंगले आफ्नो देशको मानवअधिकाको रेकर्डको बचाव गर्नु भएको छ । अमेरिकी विदेश विभागको एक कार्यक्रममा चिनियां उपराष्ट्रपतिले चीनमा मानवअधिकारको रेकर्ड अझै सुधार गर्न सकिने पनि बताउनु भयो ।
झीले अमेरिकी राष्ट्रपति बाराक ओबामासंगको भेटमा व्यापार मुद्रा र सिरियाको विषयमा पनि छलफल गर्नु भएको छ । भेटमा ओबामाले दुवै मुलुकबीच मजबुत सम्बन्ध हुनु आवश्यक भएको बताउनु भएको थियो ।
चिनिया उपराष्ट्रपति झिले पनि चीनमा मानवअधिकारको विषयमा अमेरिकी उपराष्ट्रपति जो वाइडन र विदेशमन्त्री हिलारी क्लिन्टनसंग व्यापक छलफल भएको जानकारी गराउनु भएको थियो ।
झीले चीनमा ३० वर्ष अघि देखी शुरु भएको मानवअधिकार सुधार कार्यक्रममा उल्लेखनिय प्रगति भएको र सुधार सधै रहने बताउनु भएको थियो ।