गोखुगाको रागामारे पाल्ते रानाहल्दे मोटरबाटोको मन्त्री टोपबहादुर रायमाझीद्धारा उद्‌घाटन, भटराईको नेतृत्वमै राष्ट्रिय सरकार बन्ने ठोकुवा


स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझी । तस्बिर: फाइल

 

सन्धिखर्क, अर्घाखाँची । स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले बाबुराम भटराईको नेतृत्वमै राष्ट्रिय सहमतीय सरकार बन्ने ठोकुवा गरेका छन् ।

 


अर्घाखाँची जिल्लाको गोखुगा गाविस स्थित रागामारे पाल्ते रानाहल्दे मोटरबाटोको उद्‌घाटन गर्दै रायमाझीले भरसक यही सरकारलाई राष्ट्रिय स्वरुप दिने नभए नयाँ बन्ने सरकार पनि बाबुराम भटराईको नेतृत्वको विकल्प नभएको बताए ।

 


मन्त्री रायमाझीले सरकारले शान्ति र संविधानका कामलाई अगाडी बढाएको र जेठ १४ भित्र शान्ति प्रक्रिया र संविधानका खाका बाहिर ल्याउने तयारीमा रहेको समेत बताएका प्राप्त समाचारमा उल्लेख गरिएको छ।

 


‘शान्ति र संविधानका काम पुरा गर्न अहिले निकै अप्ठ्यारो परेको छ,’ उनले भने, ‘यस्तै भद्रगोलमा गोल हान्ने हो गोल हान्दा विजय हुन्छ ।’ उनले अरु कुरामा भाजो हाल्न खोजे पनि सबै दलमा शान्ति र संविधानको विकल्प नभएकाले यसमा सबै एकढिक्का भएर लाग्नुपर्ने बताए ।

 


गोखुगा मोटरबाटो उद्‌घाटन कार्यक्रममा माओवादी पोलिटब्युरो सदस्य डिलाराम आचार्यले गाउँमा मोटरबाटो खुलेपछि मान्छे र चामल ओरार्ने काम मात्रै नभएर गाउँबाट बजारमा र्झने खाली गाडीमा अन्न, फलफुल, तरकारी, खसी बोका पनि पठाउनु पर्ने बताउँदै सबैलाई कृषि र पशुपालनमा लागि विदेशमा जाने युवाहरुलाई फर्काउनुपर्ने बताएका थिए।

 


थाहा भए अनुसार रागामारे पाल्ते रानाहल्दे खण्ड मोटरबाटो स्थानीय जनश्रमदान ७ लाख र सरकरी बजेट गरी ४० लाखमा निर्माण कार्य सम्पन्न भएको हो।

 


यसैगरी कार्यक्रममा माओवादी केन्द्रीय सल्लाहकार राजु नेपाली, अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खडका लगायतले बोलेका थिए ।

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.



अन्य समाचारहरु