फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीद्धारा आगामी चुनावमा राष्ट्रपति चुनावका लागि आफू फेरि उम्मेदवार बन्ने घोषणा

फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले आगामी चुनावमा राष्ट्रपति चुनावका लागि आफू फेरि उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ ।

 

फ्रान्सेली टेलिभिजनमार्फत् सार्कोजीले आगामी कार्यकालका लागि दाबेदारी प्रस्तुत गर्नुभएको हो । जनताबीच पछिल्लो समय अलोकप्रिय बन्नुभएका सार्कोजीले चुनाव जित्ने सम्भावना भने कम रहेको विश्लेषकहरुले बताएका छन् ।

 

सार्कोजीका बिपक्षमा ६८ प्रतिशत जनता रहेको भन्दै विश्लेषकहरुले सार्कोजीले उम्मेदवारी घोषणा गर्नु बेकार भएको जनाएका छन् ।

 

सार्कोजीले भने आफू फेरि राष्ट्रपति बन्ने निश्चित भएको दावी गर्दै आफ्नो कार्यकालमा फ्रान्सेली जनताको जीवनस्तर उकासिएको जिकीर गर्नुभयो ।

 

फ्रान्समा आगामी अप्रिलमा राष्ट्रपतिको चुनाव हुँदैछ ।