नाइजेरियाको एक कारागारमा अज्ञात बन्धुकधारीहरुले हमला गर्दा २ सय कैदी फरार भएका छन् । राजधानी अबुजादेखि दक्षिणी क्षेत्रमा रहेको कारागारको मुख्यद्वारमा तैनाथ गार्डहरुलाई गोली हानी कारागारभित्र प्र्रवेश गरेका बन्धुकधारीले जेलका वार्डेनलाई पनि गोली हानी हत्या गरेका थिए । घटना लगत्तै बन्धुकधारी र कैदीहरु फरार भएका हुन् । फरार कैदीहरुको ब्यापक खोजी गरिएको छ भने कारागार आसपासका क्षेत्रमा सुरक्षा ब्यबस्था कडा बनाइएको छ ।
घटनाको जिम्मेबारी हालसम्म कसैले लिएको छैन । सन् २०१० मा नाइजेरियामा यस्तै प्रकारको हमला हुँदा ७ सय कैदी फरार भएका थिए ।