घरको आगनमा घाम तापेर बसेकी ८५ वर्षीया वृद्धालाई मुखमा कपास कोचेर बलात्कार

नेपालगन्ज  –  घरको आगनमा घाम तापेर बसेकी ८५ वर्षीया वृद्धालाई छिमेकीले मुखमा कपास कोचेर बलात्कार गरेका छन् । बलात्कार गर्ने ३५ वर्षीय भीमसिंह ठाकुरलाई छिमेकीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

नयाँबस्तीकी ८५ वर्षीया असक्त वृद्धालाई बलात्कार गर्ने ठाकुरलाई प्रहरीले अनुसन्धान सुरु गरेको छ । ‘राम्रोसँग बोल्न र हिँडडुल गर्नसमेत नसक्ने ती वृद्धालाई दिउँसो ३ बजेतिर आगनमै बलात्कार गर्दागर्दै छिमेकीले समातेर सूचना दिए.’ जिल्ला प्रहरीका प्रहरी निरीक्षक शिवबहादुर सिहले भने, ‘त्यसपछि प्रहरी पुगेर पक्राउ गरेको हो ।’

उनीबिरुद्ध प्रहरीले बिहीबार बलात्कार अभयोगमा मुद्दा चलाएको छ । ‘ठाकुरले यौन उन्माद र राक्षसी व्यवहार देखाएको छ’, प्रहरी नायव उपरीक्षक उदय तामाङले भने, ‘यति निच ब्यक्ति पनि हुँदा रहेछन् ।’

बलात्कारपछि बृद्धा बोल्न नसक्ने अबस्थामा छिन् । ‘सकि-नसकि उजुरी गर्न आउँदा गहभरि आँसु झारेर बसिरहिन्’, तामाङले भने । स्थानीयले रंगेहात नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका ठाकुरले भने बलात्कार नगरेको दाबी गरेका छन् ।

प्रहरीले हरेक महिना एकजना महिला बलात्कृत हुने गरेका घटना आउन थालेको जनाएको छ । साउनदेखि फागुनको पहिलो सात नबित्तै ७ महिनामा १० वटा बलात्कारका घटना भएका छन् ।

उक्त अपराधमा संलग्न मध्ये १ जान धरौटिमा मुक्त भएका छन् भने ७ जना माथि अनुसन्धान भइरहेको छ । ९ जनालाई पुर्पक्षका लागि अदालतले कारागार चलान गरको छ । बाँके सितापुर-५ कि १० वर्षीया बालिका आफ्नै भिनाजुबाट एक महिनाअघि बलात्कृत भएकी थिइन् ।

प्रहरी अभिलेखले युवती र महिला बलात्कारको सिकार भइरहेकामा पछिल्लो समय नाबालिका र वृद्धासमेत बलात्कृत हुन थालेको देखाएको छ ।  – कान्तिपुर