न्युयोर्क टाइम्सका चर्चित सम्बाददाता एन्थनी शादिदको ४३ बर्षको उमेरमा सिरियामा निधन भएको छ ।
पश्चिम एसियाका लागि कार्यरत शादिदको दमका कारण निधन भएको बताइएको छ ।
सन् २०११ को मध्यपूर्व आन्दोलनका क्रममा इजिप्ट र लिबियामा रही काम गरेका शादिद पछिल्लो समय सिरियामा कार्यरत थिए ।
गत मार्चमा लिबियामा गद्दाफीबिरुद्ध भएको प्रदर्शनका क्रममा उनी लिवियामा थिए ।
पत्रकारिता क्षेत्रको प्रतिष्ठित पुरस्कार पुत्लिजरबाट दुई पटक सम्मानित भइसकेका शादिद निडर र लगनशील सम्बददाताको रुपमा परिचित थिए ।