राष्ट्रसंघको महासभाले सिरियाली राष्ट्रपति असदले सत्ता छाड्नुपर्ने अरब देशहरुको प्रस्ताव पारित

सिरियाली राष्ट्रपति असदले सत्ता छाड्नुपर्ने प्रस्ताव पारित


संयुक्त राष्ट्रसंघको महासभाले सिरियाली राष्ट्रपति बशर अल असदले सत्ता छाड्नुपर्ने अरब देशहरुको प्रस्ताव पारित गरेको छ ।

 

पारित प्रस्तावमा सिरयामा भइरहेको हिंसाको निन्दा गर्दै राष्ट्रपति असदलाई सत्ता छाड्न भनिएको छ ।

 

यद्यपि, यो प्रस्ताव असदका लागि बाध्यकारी हुने छैन । तर यसले आन्दोलनमा रहेका जनताको पक्षमा विश्व जगत रहेको सन्देश प्रवाह गरेको वताइएको छ ।

 

असदले सत्ता छाड्नुपर्ने प्रस्तावको पक्षमा १ सय ३७ देश र विपक्षमा १२ देशले मत दिएका थिए । १७ मुलुक भने मतदानमा सरिक नभई तटस्थ रहे । चीन, रुसलगायत देशले विपक्षमा मत दिएका थिए ।

 

यसअघि सुरक्षा परिषदको बैठकमा पनि यि दुई देशले असदले सत्ता छाड्नुपर्ने अरब लीगको प्रस्तावविरुद्ध विशेषाधिकार भिटो प्रयोग गरेका थिए ।