अफगानिस्तानमा १५ वर्ष यता कै अत्याधिक चिसोका कारण त्यहांको जनजीवन अस्तव्यस्त बनेको छ । चिसोका कारण हाल सम्म २८ बालबालिकाको मृत्यु भैसकेको छ ।
राजधानी काबुलको एक शरणार्थी शिविरमा कुपोषणसंग जुधिरहेका बालबालिकाहरुको चिसोको कारण मृत्यु भएको हो । चिसोबाट बालबालिका बढी प्रभावित भएको भन्दृै सेभ दि चिल्ड्रेनले गंभीर चिन्ता जनाएको छ ।
विभिन्न संघ संस्थाले चिसो प्रभावित बालबालिकालाई लत्ता कपडा वितरण गरिरहेको र अझै सहयोग आवश्यक भएको उल्लेख गरेका छन् । अफगानिस्तानमा गत हप्ता यता बढेको चिसोका कारण विभिन्न विद्यालय बन्द गरिएको छ भने यातायात सेवा प्रभावित भएको छ ।