पाकिस्तानको उत्तर पश्चिम खैबर क्षेत्रमा गराइएको बम आक्रमण, कम्तिमा ८ जना मारिए

पाकिस्तानको उत्तर पश्चिम खैबर क्षेत्रमा गराइएको बम आक्रमणमा परि कम्तिमा ८ जना मारिएका छन् ।

 

मारिने सबै सरकार समर्थित हतियारधारी समुहका सदस्य रहेको बताइएको छ । अफगानिस्तानको सीमासँग जोडिएको खैबर आदीवासी क्षेत्रमा भएको आक्रमणमा अरु धेरै घाईते भएका छन् ।

 

स्थानीय अधिकारीहरुका अनुसार चरमपन्थी संगठन लश्कर ए इस्लामका सदस्यहरुले सरकारको समर्थन गरिरहेका लडाकुहरु विरुद्ध यो विष्फोट गराएका हुन् । सरकारको समर्थन गर्ने यो समुह लश्कर ए इस्लामको विरोधमा गठन गरिएको हो ।