अफगानिस्तानमा चिसोमा कठ्यांग्रिएर ४० जना बालबालिकाको मृत्यु

अफगानिस्तानमा चिसोमा कठ्यांग्रिएर ४० जना बालबालिकाको मृत्यु भएको छ ।

 

पछिल्ला केही दशककै सबैभन्दा चिसोको सामना गरिरहेको अफगानिस्तानमा रातमा अत्यधिक तापक्रम घट्दा ति बालकको मृत्यु भएको जनाइएको छ । मर्नेमा पनि पहाडी क्षेत्रमा बस्नेभन्दा राजधानी काबुलमा रहने बढी छन् ।

 

नेटो र तालिवानको युद्धबाट विस्थापित भै शिविरमा राखिएका बालबालिकाहरु चिसोका कारण मरेका हुन् । शिविरमा राखिएका बालबालिकाको चिसोको कारण मृत्यु भएकोमा अफगान सरकारको आलोचना भएको छ ।