यमनमा ३३ वर्ष सम्म शासन गरेका राष्ट्रपति अली अब्दुल्लाह सालेहको स्थानमा नयां राष्ट्रपति चयन गर्न आज मतदान भइरहेको छ ।
आजको चुनावमा रबर स्ट्याम्प मानिएका उपराष्ट्रपति अब्द्राब्बुह मन्सुर हादी एक मात्र उम्मेदवार भएकाले उहाँ विजयी हुने निश्चिय भइसकेको छ ।
अरबीयन द्धिपको गरिब मुलुक यमनमा एक वर्ष सम्म सरकार विरोधी हिंसात्मक प्रदर्शन भएपछि राष्ट्रपतिय चुनाव भएको हो । राष्ट्रपति सालेह र यमनका छिमेकी खाडी मुलुकहरुबीच सहमति भएपछि यो चुनाव भएको हो । तिन महिना अघि भएको सहमतिमा सालेहले नयां राष्ट्रपति चुनिए पछि सत्ता हस्तान्तरण गर्ने र उनलाई कुनै पनि राजनीतिक मुद्धा लगाउन पाइने छैन ।
सालेहले यमनी जनतालाई शान्तिपूर्ण शक्ति हस्तान्तरणका लागि मतदान गर्न आग्रह गर्नु भएको थियो । यता हिजो मात्र चुनावी हिंसामा एक जनाको मृत्यु भएको छ ।