सिरियामा सरकारी सेनाको कार्वाहीमा एक सयभन्दा बढी विद्रोही मारिए

सिरियामा सरकारी सेनाको कार्वाहीमा एक सयभन्दा बढी विद्रोही मारिएका छन् । बढिजसो व्यक्ति उत्तरी सिरियामा मारिएको विद्रोहीहरुले दावी गरेका छन् ।

 

४५ जनाभन्दा बढी त होम्स शहरमै मारिएको उनीहरुको भनाइ छ । इदलिब प्रान्तमा राष्ट्रपति बशर अल असदको सेनाले गरेको बमबारीमा योभन्दा पनि बढी मानिस मारिएको खबर छ ।

 

 विदेशी सञ्चारमाध्यमहरुमाथि प्रतिबन्ध लगाइएकाले यसको स्वतन्त्र पुष्टी हुन सकेको छैन ।

 

घाइतेहरुको उपचार गर्न दैनिक केही समय भएपनि युद्धविराम गर्न रेडक्रसले सरकार र विद्रोहीलाई आह्वान गरेको छ । शहरका कयौं क्षेत्रमा खानेकुरा र खानेपानीसमेत उपलब्ध हुन नसकेको बताइन्छ ।