इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारक बिरुद्धको मुद्दाको फैसला आगामी जुन महिनामा हुने

इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारक बिरुद्धको मुद्दाको फैसला आगामी जुन महिनामा हुने भएको छ । गत अगष्ट देखि चलिरहेको मुद्दामा हिजो अन्तिम सुनुवाई भएपछि न्यायाभिशहरुले आगामी जुन महिनामा फैसला सुनाउने बताएका हुन् । गत बर्ष इजिप्टमा सरकार बिरोधी प्रदर्शनका क्रममा सयौं प्रदर्शनकारीको मृत्युको दोषी ठहर गर्दै उनी बिरुद्ध मुद्दा दायर गरिएको हो । प्रख्यात कायरो जनप्रदर्शनले उग्र रुप लिएपछी मुबारकले पद त्याग गर्नुपरेको थियो ।


मुबारक बाहेक पूर्व गृहमन्त्री हबीब अल अदली र केही सुरक्षाप्रमुखका साथै उनका दुई छोराहरु बिरुद्ध पनि मुद्दा दायर गरिएको छ । मुवारकका दुई छोरा र सहयोगी विरुद्ध अलग अलग मुद्दा चलिरहेको छ । सर्वसाधारणले मुवारकलाई कडा भन्दा कडा सजाय सुनाउन माग राख्दै प्रदर्शन गर्दै आएका छन् । मुवारकवारे अदालतसंग ठोस सवुद नभएका कारण कारवाही प्रकृया अघि वढन सकेको छैन । मुवारकलले आफुलाई लागेको आरोप अश्विकार गर्दै आइरहेका छन् ।