भारतको जम्मु कश्मिरको गुरेज र सोनमगें क्षेत्रमा गएको हिमपहिरोमा परि १७ जना भारतीय सेनाको मृत्यु भएको छ ।
पाकिस्तानसंग सीमा जोडिएको यी क्षेत्रमा गएको हिमपहिरोमा ११ जना पुरिएका छन् । पुरिएका मध्ये धेरैको मृत्यु भएको आशंका गरिएको छ ।
बुधवार राती गएको हिमपहिरोमा पुरिएको ६ जवानको शव निकालिएको छ । हिमपहिरो गएको क्षेत्रमा भारी हिमपात भैरहेकाले उद्धारमा कठिनाई भएको सेनाले जनाएको छ ।
त्यस क्षेमा अझै हिमपहिरो जाने चेतावनी प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ । गत जनवरीमा पनि श्रीनगर कुप्वारा क्षेत्रमा पट्रोलियमा गएका सेना हिमपहिरोको चपेटमा परेर ८ जना सेना मारिएका थिए ।
काश्मिरमा पछिल्लो केही महिना हिमपातका कारण जनजीवन प्रभावित हुंदै आएको छ ।