इराकका विभिन्न शहरमा विष्फोट र गोली हानाहानका श्रृंखलाबद्ध घटनामा परि कम्तिमा ५० जना मारिएका छन् । आक्रमणकारीले प्रहरी अधिकृतलाई लक्षित गरि आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।
शिया समुदायको बाहुल्यता रहेको कारादा जिल्लाको प्रहरी चेक पोष्टमा विष्फोट गरिंदा नौ जना मारिएका छन् ।
यस्तै अल कादिमिया शहरमा कार बम विष्फोटमा ६ जना सारिफिया जिल्लाको प्रहरी चेक पोष्टमा बन्दुकधारीले गरेको आक्रमणमा ६ जना मारिएका छन् ।
सालाहुद्दीन, दियाला र किरकुकमा पनि विष्फोटका घटना भएकाले मृतको संख्या अझै बढ्ने आशंका गरिएको छ । विष्फोट र आक्रमणको जिम्मा कसैले लिएको छैन ।