काठमाडौ – मुलुकको प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता र पत्रकारिताको अवस्थाबारे सत्य तथ्य पत्ता लगाउनका लागि उक्त क्षेत्रमा कार्यरत विभिन्न अन्तरराष्ट्रिय संस्थाहरुको संयुक्त प्रतिनिधि मण्डल नेपाल आएको छ ।
नेपाल पत्रकार महासंघका आह्वानमा आएको टोलीले शुक्रबार बिहान पत्रकारितासंग सम्बन्धित विभिन्न क्षेत्रका प्रतिनिधिहरुसंग छलफल गरेको थियो । उक्त अवसरमा महासंघका अध्यक्ष शिव गाउँलेले ‘नेपाली आमसञ्चार: स्वतन्त्रता चुनौती र व्यवासायिक सुरक्षा’ र विनोद ढुङ्गेलले ‘नेपाल विद्युतीय मिडिया : समस्या र समाधान’ विषयमा प्रस्तुती गरेका थिए ।
गाउँलेले आफ्नो प्रस्तुतीमा मुलुको प्रेस तथा अभिब्यक्ती स्वतन्त्रतालाई बन्देज लगाउने प्रयासहरु जारी रहेको, पत्रकारहरु माथि भएका आक्रमण लगायतका घट्नामा सरकारले गम्भीर भएर पीडकहरुलाई कारवाही नगरेको तथा पत्रकारहरुको ब्यवसायिक तथा पेशागत सुरक्षा नभएका लगायतका विषयहरु उठाकएका थिए ।
प्रतिनिधि मण्डलले विराटनगर र जनकपुरको स्थलगत अध्ययन गर्नेछ भने प्रधानमन्त्री र गृहमन्त्री, राजनीतिक दलका नेताहरु, राष्ट्रिय मानव अधिकार आयोग, सूचना आयोगलगायतका पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ । – कान्तिपुर