नाइजेरियाको उत्तरी गोवे शहरको एक प्रहरी कार्यालय र बन्दीगृहमा भएको आक्रमणमा परि चार जना मारिएका छन् । दुई घण्टासम्म प्रहरी र आक्रमणकारीबीच भएको गोली हानाहानमा केही सुरक्षा अधिकृत घाईते भएका छन् ।
प्रहरीले आक्रमणमा इस्लामिक पृथकतावादी समूह बोकोहरामको संलग्नता रहेको जनाएको छ । बोकोहरामले नाइजेरियाका विभिन्न शहरमा यस अघि पनि लगातार आक्रमण गर्दै आएको छ ।
यो आक्रमण अघि कानो शहरको एक मस्जिदमा भएको आक्रमणमा पाँच जना मारिएका थिए । प्रहरीका अुनसार मोटरसाइकलमा आएका बन्दुकधारीले नमाज पढिरहेकामाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । गत हप्ता मात्र बोको हरामले कोजी राज्यस्थित एक कारागारमा आक्रमण गरि सय जना बन्दीलाई भगाएको थियो ।