– गणेश खनाल
अर्घाखाँची फागुन १ गते । स्थानीय विकास मन्त्रि टोप बहादुर रायमाझीले बर्तमान सरकारले नै शान्ति र सविधान निर्कषमा पुर् याउने बताउनुभएको छ ।
आर्दश निमावी चिदीका ठुलार्खकको ५० औ स्वर्ण महोत्सवको सोमवार उढ्घाटन गदै मन्त्रि रायमाझीले शान्ति र सविधान निर्कषमा नपुगे सम्म बर्तमान सरकार कुनै हालतमा विघटन नहुने बताउनुभएको हो ।
मन्त्रि रायमाझीले बाबुराम भट्टराईको नेतृत्वमा सरकार पुनगर्ठन भने हुन सक्ने बताउदै काग्रेस एमाले पनि यही सरकारमा आउने तयारी भईरहेको दावी गर्नुभयो ।
माओवादी स्थायी समिती सदस्य समेत रहनु भएका रायमाझीले माओवादी लडाकुको चेक खोस्ने पार्टीको निती नभएको स्पष्ट पार्नुभयो । कम्युनिष्ट पार्टी भित्रको नियमलाई भने सबैले पालना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
बर्तमान शिक्षा प्रणाली जनमुखी नभएको भन्दै बैज्ञानिक शिक्षा आर्जन गर्ने नियम नबन्दा सम्म देशले आर्थीक विकासमा भन जस्तो भड्को मार्न नसक्ने जिकिर गर्नुभयो । बैज्ञानिक शिक्षा प्रणालीको बर्तमान सरकारले विकास गर्न लागेको बताउनुभयो । शिक्षामा निजिकरण तथा व्यापारीकरण फस्टाउदै गएको चिन्ता व्यत्त गदै यसलाई रोक्न सबै सरोकारवाला जुट्नु पर्ने बताउनुभयो ।
पहिलो प्रकासित मिती: फागुन १ गते
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.