– गणेश खनाल
अर्घाखाँची माघ १८ गते । दलित शशस्त्रीकरणका लागी छुटईएको पचास हजार रकम स्थानीय दलितका अगुवाहरुले अन्य काममा प्रयोग गरेको रहस्य खुलेको छ ।
जिल्लाको ठुलापोखरा गाविस वाड नम्वर १ का दलित समुदायका परिवारलाई बाख्रा पालनका लागी गाविसबाट छुटाईएको रकम कागजात मिलाई आफनो नाममा सहकारी खोली रकमको प्रयोग गरिरहेको तथ्य खुलेको हो ।
लुम्विनी सामाजिक विकास केन्द्र अर्घाखाचीको एलजिएफ अन्तर्गत गरिएको समुह केन्द्रित छलफलमा स्थानीय पिडामा परेका दलितहरुबाट सो कुरा आएपछि वास्तविकता बाहिर आएको हो ।
बाख्रा पालनका लागी अघिल्लो वर्ष ६७,६८ मा बजेट छुटाईएको थियोकागज मिलाएर आएकाले पैसा दिएको ठुलापोखराका गाविस सचिव भोज बहादुर ताम्राकारले बताउनुभयो । पछि बुझदा कागज मिलाएर बाख्रा पालनको लागी नभई अन्य काममा प्रयोग भएको पाईयो उहाले भन्नुभयोके गर्ने दलिय सहमति र कागजात मिलाई पछि दिनु हाम्रो कर्तव्य हो ताम्राकारले थप्नुभयो ।
स्थानीय दलितका अगुवा गोविन्द्र विक अध्यक्ष र मणिराम वि क सचिव रहेको सहकारीमा पैसा जम्मा गरिएको बताईएको छ । अध्यक्ष वि क अनुशार सो पचास हजार सहकारीमा राखी दलितकै पक्षमा काम गरिरहेको दावी गर्नुभयो ।
स्थानीय निकायको अनुदान खर्च पुनरावकल तथा समुदायको सम्लगनता परियोजना अन्र्तगत स्थानीय निकाय तथा उत्तरदाई संयन्त्र पोखराले जिल्लाका पाच गाविस ठुलापोखरा सितापुर ठाडा सन्धिर्खक नरपानीमा यस्तै काम गदै आएको छ ।
गाविसबाट गरिव दलित उपेक्षित सिमाकृत समुदायका लागी छुटाईएको रकम सहि प्रयोग भएको छ की छैन् भनी गाविसका सम्बिन्धित पक्ष र पत्रकारलाई लगी गाउमै सार्वजनिक सुनुवाई जस्तै समुह केन्द्रित छलफल साथै अध्ययन गरीरहेकोको सस्थाका अध्यक्ष ईन्द्रमणी पौडेलले जानाकारी दिनुभयो ।
पहिलो प्रकासित मिती: माघ १८
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.