रुसमा प्रधानमन्त्री भ्लादिमिर पुटिनविरुद्धको आन्दोलनमा तीब्र

रुसमा प्रधानमन्त्री भ्लादिमिर पुटिनविरुद्धको आन्दोलन तीब्र पार्दै लगिएको छ ।

 

राजधानी मस्कोमा जम्मा भएका हजारौं विपक्षीले १६ किलोमिटर लामो मानव श्रृंखला तयार पार्दै पुटिनको विरोधमा प्रदर्शन गरेका छन् ।

 

रुसमा राष्ट्रपति चुनावको दिन नजिकिँदै गर्दा विपक्षीले पुटिनविरुद्धको प्रदर्शन पनि तेज पारेका छन् । यद्यपि, यस चुनावमा प्रधानमन्त्रीबाट राष्ट्रपतिमा फड्कन लागेका पुटिनकै जीत हुने अनुमान गरिएको छ ।

 

यसअघि पनि दुई कार्यकाल राष्ट्रपति भएर क्रेमलिनको नेतृत्व सम्हालिसकेका पुटिन एकै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नसक्ने संवैधानिक अवरोधका कारण प्रधानमन्त्री पदमा सरेका थिए ।

 

प्रधानमन्त्री छाडेर तेस्रो पटक राष्ट्रपति पदको उम्मेदवार बनेका पुटिनले गएको डिसेम्बरमा गराएको संसदको चुनावमा धाँधली गरेको भन्दै विपक्षीले आन्दोलन चर्कारहेका छन् । चुनावबाट पुटिनको दल बहुमतमा आएपनि पछिल्ला दिनमा उनको लोकप्रियतामा निकै कमी आएको चुनावी परिणामले देखाएको थियो ।