काठमाडौं , १५ फागुन ९ राजधानीको बबरमहल स्थित नेपाल आयल निगमको गेटमा भएको बम विस्फोटको घटना पछि बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको छ । विस्फोटपछि भाग्दै गरेका उनलाई ड्युटीमा बसेका सशस्त्र प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेका व्यक्तिको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।