रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनको हत्याको रहस्य खुलेको छ । उनको हत्या गर्ने षडयन्त्रलाई युक्रेन सुरक्षा निकायले असफल पारेको बताएको छ । पुटिनको हत्या षडयन्त्रमा लागेका दुई व्यक्तिलाई युक्रेनको ओदेस्सा बन्दरगाहबाट पक्राउ गरेको रुसी सरकारी टेलिभिजन वानले बताएको छ । पक्राउ गरेका दुवै व्यक्तिले षडयन्त्रमा आफ्नो संलग्नता स्वीकर गरेको रुसी अधिकारीलाई बताएको बीबीसीले जनाएको छ । पक्राउ गरिएको स्थानमा भेटिएको ल्यापटपमा हत्या षडयन्त्रको पूर्ण जानकारी रहेको रुसी अधिकारीले जनाएका छन् ।