चीनको उत्तर पश्चिम शहर काशगरमा भएको जातिय दंगामा १२ जना मारिएका छन् । मारिनेमा दश जना सर्वसाधारण र दुई जना दंगा भड्काउन हिंडेकाहरु छन् ।
प्रहरीले गोली प्रहार गर्दा दंगा भड्काउन हिडेका दुईजनाको मृत्यु भएको हो ।
चीनको उत्तर पश्चिम प्रान्तमा बारम्बर हुने गरेको जातिय दंगाका कारण सुरक्षा ब्यवस्था कडा बनाइएपनि यसप्रकारका घटनाले चीन सरकारमाथि चुनौती थपिएको छ ।
उत्तरपश्चिम प्रान्तमा मुश्लिम समुदाय र आप्रबासी चिनियाँ नागरिकहरुबीच बारम्बार दंगा हुने गरेको छ ।
जातिय दंगाका कारण सन २००९ यता दुई सय जनाको मृत्यु भइसकेको छ ।