युरोपियन राष्ट्रहरु आर्थिक संकटको चपेटामा पर्ने सम्भावना बढेपछि बजेट खर्च कटौतीका लागि सहमत


युरोपियन राष्ट्रहरु आर्थिक संकटको चपेटामा पर्ने सम्भावना बढेपछि संकट समाधानको उपायबारे छलफल गर्न बसेको बैठकमा बेलायत र चेक गणराज्य बाहेकका राष्ट्रहरु बजेट खर्च कटौतीका लागि सहमत भएका छन् ।

 

बेल्जियमको राजधानी ब्रसेल्समा भएको युरोपियन राष्ट्रहरुको बैठकमा सहभागी राष्ट्रमध्ये बेलायत र चेक गणराज्यबाहेकका राष्ट्रका प्रतिनीधिहरुले बजेट घाटा कम गर्नका लागि भएको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 

हस्ताक्षरपछि सहमत राष्ट्रहरुले बजेट घाटा कम गर्नका लागि नयाँ नीति अवलम्बन गर्नुपर्नेछ भने आयरल्याण्डमा यसबारे जनमत संग्रह हुने वताइएको छ ।

 

बेलायतले र चेक गणराज्यले भने यो सम्झौताले बजेट घाटा कम गरे पनि ब्यापार बढाउने सम्भावना न्युन रहेकोले अस्वीकार गरेको जनाएका छन् ।

 

दुबै राष्ट्रले सम्झौता जर्मनीका करदाताहरुको फाइदाका लागि मात्र भएको टिप्पणी गरेका छन् । नयाँ सम्झौतापछि युरोपियन राष्ट्रहरुको बजेट घाटामा केही हदसम्म कमी आउने विश्लेषकहरुको अनुमान छ ।