ईरानमा आज संसदीय चुनावमा मतदान भईरहेको छ । २ सय ९० सीटका लागि ईरानी मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
संसदको यस चुनावमा पनि बर्तमान सत्तारुढ दलले जित्ने अनुमान गरिएको छ ।
यद्यपी ईरानको सुधारवादी विपक्षी दलले २००९ मा भएको संसदीय चुनावमा सत्तारुढ दलले धाँधली गरेकाले बैधानिकता गुमाएको आरोप लगाएको छ ।
सुधारवादी दलका नेता तेहरानमा नजरबन्दमा रहेकाले चुनावमा कट्टरपन्थी नेता आयातुल्लाह अली खोमेनीका समर्थकको जीत हुनसक्ने बताइएको छ । सन् २००९ पछि ईरानमा भएको यो दोस्रो संसदीय चुनाव हो ।
उक्त चुनावमा ईरानका राष्ट्रपति मोहमद अहमदिनेजादले धाँधली गरेको आरोप लागेको थियो ।