पोल्याण्डको दक्षिणी वार्सअ क्राकोभको जेक्जेकोनिसी शहरमा दुई वटा रेल आपसमा जुध्दा १४ जनाको मृत्यु


पोल्याण्डको दक्षिणी वार्सअ क्राकोभको जेक्जेकोनिसी शहरमा दुई वटा रेल आपसमा जुध्दा १४ जनाको मृत्यु भएको छ । केही यात्रुहरु क्षतिग्रस्त रेलमै च्यापिएको र घाईतेहरुको उपचारमा तिब्रता दिइएको उद्धारकर्ताहरुले जनाएका छन् ।

 

स्थानिय समय अनुसार शनिवार राती यो दुर्घटना भएको बताइएको छ ।

 

द्रुत सेवाका दुइ रेल मध्ये एउटा गलत लिकमा पुगेकाले दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । घटना लगलै पोलिस प्रधानमन्त्री र केही मन्त्रीहरु घटनास्थल पुगेका थिए ।