इरानले परमाणु कार्यक्रम नरोके अमेरिकाले बल प्रयोग गर्ने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली समर्थकहरुको बैठकमा बोल्दै अमेरिकाले कुनै पनि बेला ईरानमाथि बल प्रयोग गर्न सक्ने चेतावनी दिनुभयो ।
ईरानको परमाणु कार्यक्रम तत्काल रोक्न दिईएको चेतावनीको वेवास्ता गरेको भन्दै ओबामाले अमेरिकालाई कमजोर राष्ट्र नठान्न ईरानलाई सचेत गराउनुभयो ।
ईरानले भने आफनो परमाणु कार्यक्रम नाजायज नभएको भन्दै यसलाई निरन्तरता दिंदै आएको छ , इरानले पश्चिमा मुलुकहरुले लगाएको प्रतिबन्धको बेवास्ता गर्दै आफनो परमाणु कार्यक्रम यथावत राख्ने जनाएको छ । कुनै पनि राष्ट्रको हस्तक्षेप र चेतावनी आफुलाई अश्वीकार्य भएको इरानले स्पष्ट पारेको छ ।