रुसमा पुटिन राष्ट्रपतिमा विजयी भए लगतै चुनाव धाँधलीपूर्ण भएको भन्दै ब्यापक बिरोध प्रर्दशन, सयौ गिरपप्तार


मस्को – रुसमा भ्लादिमिर पुटिन राष्ट्रपतिमा विजयी भए लगतै विपक्षहरुले चुनाव धाँधलीपूर्ण भएको भन्दै ब्यापक बिरोध प्रर्दशन गरेका छन । उनीहरुले पुटिनबिरुद्ध प्रदर्शन समेत गरेका छन् ।

 

मस्को लगायत देशभर भएका अनेकौ प्रर्दशनहरुमा त्यहाँको सुरक्षाबलले सयौ प्रर्दशनकारीहरुलाई गिरपप्तार गरेको खबर छन।

 

यसअघि दुई कार्यकाल राष्ट्रपति भइसकेका पुटिन एक कार्यकाल प्रधानमन्त्री भएपछि पुनः ६३ प्रतिशत मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

 

रसियाको कानुनमा कुनै पनि व्यक्ति लगातार ३ पटकसम्म राष्ट्रपतीय पदमा उम्मेदवार हुन नपाउने प्रावधान छ । कार्यकारी राष्ट्रपति भएको रसियामा आफू प्रधानमन्त्री हुँदा पुटिनले कानुन संशोधन गरी कार्यकारी अधिकार लिएका थिए ।

 

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै देशबासीलाई सम्बोधन गर्दै पुटिनले निरन्तर रुसको भलाईका लागि काम गर्ने प्रतिवद्धता ब्यक्त गरे।

 

रसियाको निर्वाचन आयोगले पुटिन निर्वाचित भएको जानकारी दिए लगत्तै उनका समर्थकहरु खुसियाली मनाउन भेला भएका छन् । प्रतिपक्षीहरुले निर्वाचनमा व्यापक अनियमितता भएको आरोप लगाएका छन् ।