पाकिस्तानले सफलतापूर्वक छोटो दुरिको जमिनबाट जमिनमा हान्ने ब्यालिस्टिक क्षेप्यास्त्रको परिक्षण गरेको छ।
सो ह्यातएफ दुई नामको क्षेप्यास्त्र 180 किलोमिटर टाढासम्म पुग्नसक्ने र साथै परमाणु हतियार बोक्नसक्ने पनि बताइएको छ।
सैनिक प्रवक्ताले सो परिक्षणबाट पाकिस्तानको रणनैतिक सुरक्षाको क्षमताका साथै प्राविधिक तथा रणनैतिक तहमा सक्षम भएको देखाएको बताए।
राष्ट्रपति असिफ अलि जर्दारी तथा प्रधान मन्त्री युसुफ राजा गिलानीले सो कार्यमा संलग्न सेना तथा प्राविधिकलाई बधाई व्यक्त गर्नुभयो।