काठमाडौं, २३ फागुन माटो मुनी लामो समयसम्म बसी रेकर्ड बनाउने क्रममा श्रीलंकाका एक नागरिकले ज्यान गुमाएका छन् । प्रहरीका अनुसार जनाका बसानायके -२४०ले गत शनिबार बिहान माटो मुनी पुरिने क्रममा ज्यान गुमाएका हुन् । उनी माटो मुनी बसेको केही समयपछि मृत घोषणा गरिएको थियो । परिवारका अनुसार उनी यसअघि दुई पटकसम्म माटो मुनी पुरिएरका थिए । पहिलो पटक साढे दुई घण्टा र दोस्रो पटक ६ घण्टा लामो समयसम्म उनी माटो मुनी बसेको परिवारको भनाइ छ । अहिले त्यहाँको सरकारले यस्ता उच्च जोखिमयुक्त क्रियाकलाप नगर्न मानिसहरुलाई सूचना जारी गरेको छ । उनी माटो र काठले छोपिएको १० फिट गहिरो खाडलमा बसेका थिए । पोस्टमार्टममा संलग्न चिकित्सकहरुले उनको मृत्युको कारणबारे अझै जानकारी नआइसकेको भन्दै अझै अनुसन्धानका क्रममा रहेको बताएका छन् ।