इजरायली प्रधानमन्त्री बेन्जामिनद्धारा इरानले आफ्नो परमाणु कार्यक्रम रोक्न चेतावनी

इजरायलको इरानलाई चेतावनी


इजरायली प्रधानमन्त्री बेन्जामिन इरानले आफ्नो परमाणु कार्यक्रम रोक्न अन्तर्राष्ट्रिय समुदायले दिएको समय गुज्रिरहेको बताउनु भएको छ ।

 

अमेरिकामा अमेरिकन इजरायल पब्लिक अफेयर्स कमिटिको सम्मेलनमा बोल्दै नेत्यान्याहुले आफ्ना नागरिकलाई विध्वंसको छायांमा बस्न दिन नसक्ने बताउनु भयो । उहांले इरानलाई परमाणु हतियारयुक्त बन्नबाट रोक्न इजरायल कटिबद्ध रहेको पनि स्पष्ट पार्नु भयो । इरानले परमाणु हतियार विकास गर्न खोजिरहेको भन्दै इजरायल सशंकित बन्दै गरेको बेला ईरानमाथि सैन्य कारवाही हुन सक्ने आशंका पनि बढ्दै गएको छ ।

यसअघि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाराक ओबामा र इजरायली प्रधानमन्त्री नेत्यान्याहुबीचको वार्तामा द्धिपक्षित सम्बन्ध मजबुत रहेको भन्दै इरानको परमाणु कार्यक्रमका विषयमा कुटनीतिक पहल पनि बांकी रहेको बताइएको थियो ।

 

अमेरिकी राष्ट्रपति ओबामाले कु्टनीतिक पहलका लागि अझै समय बांकी रहेको र इरानलाई आफ्नो परमाणु कार्यक्रम रोक्न लगाउन सबै विकल्प खुल्ला रहेको बताउनु भएको थियो । यता संयुक्त राष्ट्रसंघको परमाणु् एजेन्सीले इरानले गोप्य रुपमा परमाणु हतियार विकास गरिरहेको भन्दै गंभीर चासो जनाइरहेको छ । तेहेरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्धेश्यका लागि भएको दाबी गरेपनि पश्चिमा मुलुकहरुले भने यो दाबी अस्वीकर गर्दै आएका छन् ।