जर्मनी लगायत संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका पाँच सदस्य राष्ट्रहरु ईरानको परमाणु कार्यक्रमका बिषयमा दोश्रो चरणको छलफल गर्न इरान जाने भएको छ ।
एक बर्षदेखि वार्ताका क्रममा रहेका यी सदस्य राष्ट्रहरु ईरानसंग वार्ता गर्न तयार भएको हो । इरानको परमाणु कार्यक्रमका बिषयलाई लिएर अमेरिकी राष्ट्रपति बाराक ओबामाले ईरानको परमाणु कार्यक्रमको समस्या कुटनितीक पहलका साथ समाप्त नपारे ईरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पुन दोहर्याउनुभएको छ ।
ओबामाले ईरानमाथि बल प्रयोग गर्ने बताउँदै यसका लागि तयार रहन ईरानलाई चेतावनी समेत दिनुभएको छ ।
अमेरिकाको चेतावनीको कुनै परवाह नभएको भन्दै ईरानी राष्ट्रपति मोहमद अहमदिनेजादले आफनो देशको परमाणु कार्यक्रम कुनै पनि हालतमा बन्द नगर्ने अठोट लिएका छन् ।