महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता रविराज श्रेष्ठका अनुसार सवारी नियम उल्लंघन गरेको अभियोगमा १ सय ४१ वटा मोटरसाइकल र चार वटा गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो।
होलीमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न महानगरीय प्रहरी आयुक्त कार्यालयले उपत्यकाका तीनवटै जिल्लामा विशेष सुरक्षा व्यवस्था अपनाएको थियो। अघिल्ला वर्षमा सडकमा प्रहरीको उपस्थिति न्युन देखिन्थ्यो। यसवर्ष सुरक्षाका लागि २ हजार २ सय प्रहरी र ३ सय सादा पोशाकमा प्रहरी परिचालित थिए।
सवारी नियम उल्लंघन रोक्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय चेकिङ र मोबाइल टोलीसमेत परिचालन गरेको थियो। महाशाखाका अनुसार १३ मोबाइल टोली र ३७ स्थानमा चेकिङ पोस्ट राखिएको थियो।
मोटरसाइकलमा तीन जना चढ्ने, हेल्मेट नलगाउने र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो।
सम्भावित दुर्घटना रोक्न आयुक्त कार्यालयमा जगेडा प्रहरी टोली राखिएको थियो। प्रहरीको हटलाइन १०० मा गुनासो आएलगत्तै कन्ट्रोलले नजिकै खटिएको प्रहरी टोलीलाई गुनासो आएको स्थानमा पठाउने गरेको थियो।
घरको छतबाट खसेर सिकिस्त भएकी उनलाई ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचारका लागि पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
यसैगरी, काठमाडौँको हात्तीगौँडामा होली खेल्ने क्रममा घरको छतबाट खसेर आठ वर्षीय बालक डोनिक श्रेष्ठको मृत्यु भएको छ।
सर्वोच्च अदालतअगाडि मादक पदार्थ खाएर बा ४६ प ९९०६ नम्बरको मोटरसाइकलमा सवार नाम नखुलेका एक व्यक्ति गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा काठमाडौँ महानगरपालिका-४ बालुवाटारमा बस्ने १५ वर्षीय विवेक पौडेल, काठमाडौँ महानगरपालिका-१० शङ्खमुल बस्ने मकवानपुर घर भएका १० वर्षीय शाहिल पाठक र काठमाडौं कलङ्की बस्ने ओखलढुङ्गा घर भएकी ६ वर्षीया सुजिता बुढाथोकी पनि छन्।
उनीहरूको क्रमशः त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, बि एण्ड बी अस्पताल र निजामती अस्पताल मीनभवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस