हङकङ, फाल्गुन २५ – हाम्रा नेता उद्योगी व्यापारीहरूसँग सहयोग माग्नु अधिकारझैं ठान्छन् । माग पूरा नहुँदा धाक-धम्की र भौतिक कारबाही भएका उदाहरण अनगिन्ती छन् । हङकङका एक उच्च नेता भने स्थानीय व्यापारीले चार्टर गरेको जहाज सित्तैमा चढ्दा भ्रष्टाचारको आशंकामा छानविनको घेरामा परेका छन् । आर्थिक प्रलोभनमा परी यस्तो आग्रह स्विकारेको हुन सक्ने भन्दै स्वतन्त्र जाँचबुझका लागि यिनलाई पदमुक्त गरिनुपर्ने जोडदार माग उठेको छ । हङकङका चिफ एक्जुकेटिभ ९कार्यकारी प्रमुख० डोनाल्ड चाङलाई यस्तो आरोप लागेको हो । यसैका कारण यतिबेला यहाँको सदनदेखि सडकसम्म निकै गर्मिएको छ । राष्ट्र प्रमुखको हैसियतमा रहने बहालवाला कार्यकारी प्रमुखमाथि भ्रष्टाचारको आशंकामा छानविन आयोग गठन भएको हङकङमा यो पहिलो हो । गत माघ २६ गते एक व्यापारीले थाइल्यान्डको फुकेटका लागि चार्टर गरेको विमानमा कार्यकारी प्रमुख चाङ सँगै उडेका थिए । अर्का एक स्थानीय व्यापारीसँग पनि लक्जरी फेरी ९पानीजहाज० मा मकाउ पुगी रात्रिभोज गरेको र सेन्जेन ९चीनस्थित सीमावर्ती सहर० मा आलिसान बंगला भाडामा लिएको आरोप समेत छ यिनलाई । सार्वजनिक पद धारण गरेका उच्च नेताले पदीय आचरणविरुद्ध अनुचित फाइदा लिएकाले तत्काल पद छाड्न जनदबाब बढ्दो छ । कार्यकारी प्रमुखका विरुद्ध आवाज चर्किन थालेपछि ुद इन्डिपेन्डेन्ट कमिसन एगेन्स्ट करप्सनु -भ्रष्टाचारविरुद्ध स्वतन्त्र आयोग ९आईसीएसी० ले छानविन समिति गठन गरी स्थानीय आधारभूत कानुनको धारा ७३ ९९० अनुसार अनुसन्धान अघि बढाएको जनाएको छ । ुहङकङको कानुनमा सार्वजनिक पदमा बसेका जोकोहीले कसैले स्वेच्छाले प्रस्ताव गरेका उपहार वा बक्सिस स्वीकार गर्नु गैरकानुनी ठहर्छ,ु नेपाली सोलिसिटर एकनारायण शर्माले भने, ुयो घटना पनि अधिकारको दुरुपयोग अन्तर्गत पर्छ ।ु हालै विधान परिषद्मा सोधिएका प्रश्नहरूको जवाफ दिँदै प्रमुख चाङले हितैषी मित्र सोचेर निजी भ्रमण गर्नु गल्ती भएको स्विकारेका छन् । यद्यपि विमान र फेरी प्रयोग गरेबापत तोकिएको भाडा तिरेको दाबी गर्दै चाङले यसमा कुनै कुनियत नरहेको प्रस्ट्याएका थिए । सेन्जेनस्थित ६ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको भाडाको घर भने यिनले अवकाशपछि बसोबास गर्न लिएको बताएका छन् । हङकङका रैथाने यिनले अवकाशपूर्व नै चीनमा ८० हजार युआन -करिब १० लाख रुपैयँा० पर्ने घर भाडामा लिएको स्विकारेकाले झन् विवादमा तानिएका हुन् । यद्यपि उक्त घरका लागि भएको सम्झौता तोड्ने उनले बताइसकेका छन् । प्रमुख चाङले आफू पदमै रहे पनि आईसीएसीले गर्ने छानविनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय अंग्रेजी दैनिक साउथ चाइना मर्निङ पोस्टले गरेको एक सर्वेक्षणमा सहभागी ७३ प्रतिशतले कार्यकारी प्रमुख चाङको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पदमुक्त गरी अनुसन्धान थाल्नुपर्ने धारणा राखेका छन् । हङकङ विश्वविद्यालयले गरेको अर्को सर्वेक्षणमा बितेका दुई हप्ताभित्र चाङको लोकपि्रयता ४६।६ बाट घटेर १।७ मा झरेको जनाइएको छ । गत सोमबार हजारौं प्रदर्शनकारीले ुभ्रष्ट चाङका कारण हङकङलाई लाजु, ुखलनायकको राजु लगायत ब्यानर प्रदर्शन गरी विरोध जनाएका थिए । कार्यकारी प्रमुख कानुनभन्दा माथि नरहेकाले उच्च पदमा रहेकै कारण उन्मुक्ति दिन नहुने यिनको माग थियो । सन् २००५ मा कार्यकारी प्रमुखको पद सम्हालेका ६७ वर्षीय चाङको दोस्रो कार्यकाल आगामी जुनमा सकिँदै छ । त्यसपछि अर्का छानिनेछन् । यसका लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । ुनयाँ कार्यकारी प्रमुख छनोट लगायत थुप्रै जिम्मेवारी रहेकाले कार्यकाल पूरा नगरी मैले न राजीनामा दिनेछु न त बिदामा बस्छु,ु बेएजिङमा आयोजित चिनियाँ जनकंाग्रेसको पाँचांै सम्मेलनमा भाग लिएर मंगलबार हङकङ फर्किएका चाङले स्थानीय संवाददाताहरूलाई भने, ुम संवैधानिक कर्तव्य निर्वाह गर्न प्रतिबद्ध छु,ु केन्द्रीय सरकारले समेत आफ्नो कार्यकाल पूरा गर्न सघाउने समेत उनले बताएका छन् । कतिपय राजनीतिक विश्लेषकले भने यो घटनालाई नजिकिँदो चुनावमा उनी समर्थकलाई हराउने प्रोपगान्डाको रूपमा पनि अथ्र्याएका छन् ।