मेक्सिकाका ब्यापारी कार्लोस स्लिम बिश्वको सबैभन्दा धनी ब्यक्ति बनेका छन् । फोब्र्स पत्रिकाले हालै सार्वजनिक गरेको धनी ब्यक्तिहरुको सूचीमा स्लिम बिश्वकै सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका हुन् ।
कार्लोस दूरसन्चार लगाएत निर्माण क्षेत्रका लगानीकर्ता हुन् ।
यसैगरी माइक्रोसफ्टका संस्थापक बिल गेट्स ६१ अर्व डलरका साथ दोश्रो स्थानमा रहेका छन् भने तेश्रो स्थान ४४ अर्वका साथ अमेरिकी निवेशक वारेन बफेट रहेका छन् ।
फोब्र्स पत्रिकाका अनुसार चौथौ स्थानमा ४१ अर्व डलरका साथ फ्रान्सेली लग्जुरी ग्रुप एल.बी.एम.एच.के का अध्यक्ष बनार्ड आरनाल्ट रहेका छन् भने स्पेनका फेसन हाउस जाराका संस्थापक ए आरटेगेल ३७ लशमलव ५ अर्व डलरका साथ पाँचौ स्थान ओगट्न सफल भएका छन् ।
भारतका मुकेश अंबानी भने १९ औं स्थानमा झरेका छन् । अर्का भारतीय ब्यापारी लक्ष्मी मित्तल २१ औं स्थानमा रहेका छन् ।