चमेरा आतंकका कारण अष्ट्रेलियाका सर्वसाधारण त्रसित बनेका छन् । उत्तरी अष्ट्रेलियाका कयौं शहरहरुमा बसाई सरी आएका चमेराहरुका आतंकले रेविज रोग फैलन सक्ने भएकाले अष्ट्रेलिया सरकारले सतर्कता अपनाउनु पर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
फ्रुट बैट्स नामक रातो रंगको चमेरा जलवायु परिवर्तनका कारण अष्ट्रेलियामा बसाई सरी आएको हुनसक्ने अनुमान अष्ट्रेलियाको सेन्टर फर डिजीज कन्ट्रोलले गरेको छ ।
चमेराले ठुगेमा तत्काल सफा गरी चिकित्सकको निगरानीमा उपचार गर्न सुझाईएको छ । चमेरा भगाउने उपायको खोजी भईरहेको अष्ट्रेलियाली सरकारले जनाएको छ ।