यस वर्ष नेपालमा ४६४ वटा बलात्कारका घटना र १० देखि १४ वर्षसम्मका बालिका सबैभन्दा बढी बलात्कृत भएको प्रतिवेदन सार्वजनिक

१ सय २औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बोक्सी प्रथा, बलात्कार र यौनजन्य हिंसा सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

 

 इन्सेकले यलमाया केन्द्र ललितपुरमा सार्वजनिक गरेको प्रतिवेदनमा यो वर्ष चार सय ६४ वटा बलात्कारका घटना भएको उल्लेख छ । ती मध्ये सिन्धुलीका तीन वटा र सप्तरीका दुई वटा घटना लगायत ११ वटा घटनामा बलात्कारपछि हत्या भएको प्रतिवेदनमा उल्लेख छ ।

 

 यस्तै १० देखि १४ वर्षसम्मका बालिका सबैभन्दा बढी बलात्कृत भएको उल्लेख छ । यस्ता बालिकाहरुको संख्या एक सय २४ रहेको छ । यस्तै भूगोलको आधारमा यो वर्ष तराईमा सबैभन्दा बढी बलात्कार तथा यौनजन्य हिंसा भएका छन् ।

बोक्सीको आरोपमा दुब्र्यवहार गरिएका घटना ६१ रहेको भने बोक्सीको आरोपमा पीडित हुनेहरुमा १० जना पुरुष परेका छन् भने महिलाको संख्या ५१ रहेको छ ।

 

कार्यक्रमका सहभागीहरुले महिला र पुरुषबीच रहेको असमान शक्ति संर्घष, पितृ सतात्मक सोच र फितलो कानूनी व्यवस्थाका कारण नै यस प्रकारका अपराधमा कमी नआएको टिप्पणी गरेका थिए ।

 

उनीहरुले सबै सरोकारवालाको संयुक्त प्रयास र प्रभावकारी कानूनी व्यवस्था अवलम्बन गर्न सकिए महिला विरुद्ध हुने यस्ता हिंसामा नियन्त्रण गर्न सकिने जिकिर पनि गरेका थिए ।