लखनउ, भारत – तीन पटक सांसद् भएका अखिलेश यादव उत्तर प्रदेशको नयाँ मुख्य मन्त्री हुने भएका छन् ।
पार्टी निर्णयसँगै ३८ वर्षीय अखिलेश उत्तर प्रदेशकै सवैभन्दा कान्छा मुख्य मन्त्री बन्ने भएका छन् । यसअघि ३९ वर्षकी मायावती कम उमेरकी मुख्य मन्त्री भएकी थिइन् । अघिल्लो महिनामा विधान सभा निर्वाचनमा पार्टीलाई जिताउन अखिलेशले मुख्य भूमिका खेलेका थिए । उत्तर प्रदेशमा आफ्नो पार्टीलाई सानदार विजयी गराएपछि भारतीय सञ्चार माध्यमले ईन्जिनियरिङ पृष्ठभूमिका अखिलेशलाई ‘म्यान अफ द म्याच’ भनेका छन् । – एजेन्सी