केन्याको राजधानी नैरोवीस्थित एक बस टर्मिनलमा गराइएको ग्रिनेड आक्रमणमा चार जना मारिएका छन् । घटनामा अरु धेरै घाईते भएका छन् ।
बस स्टेशन नजिकबाट गइरहेको गाडीबाट तीन वटा ग्रिनेड फालिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले सोमालियाको इस्लामिक समूह अल सबाबले विष्फोट गराएको आरोप लगाएको छ ।
केन्याली सेना सोमालियाका लडाकुविरुद्धको कारवाहीका लागि सोमालिया पुगेको दोस्रो दिन यो आक्रमण भएको हो । अल सबाबले बारम्बार केन्यामा आक्रमण गर्ने धम्की दिंदै आएको छ ।