लामिछानेलाई मोटरसाइकलमा आएका उनीहरुले बाराको सिमरा चोकमा नाकमा चोट पुग्ने गरी आक्रमण गरी घाइते बनाएका थिए । भने सुवेदीलाई टाउको र खुट्टामा चोट लाग्ने गरी कुटपिट गरे ।
नेपाल पत्रकार महासंघ बाराले विज्ञप्ति जारी गदै घटनाको भत्सर्नासहित लामिछानेमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । त्यसैगरी क्रियाशील युवा पत्रकार संघ पोखराले दैनिक श्रमगरी जिविकोपार्जन गर्ने पत्रकार सुवेदीमाथि भएको उक्त हमला सिंगो प्रेस जगत माथिको हमला महसुस गर्दै उक्त घटनाका दोषी पक्त लगाई कारबाही गर्न माग गरेको छ ।