काठमाडौं, १ चैत विदेसी लगानीको सम्भावना पहिल्याउन आजदेखि काठमाडौंमा जलविद्युत सम्मेलन हुँदैछ । नेपाल र भारतीय निजी क्षेत्रबीच हुनसक्ने साझेदारीका विषयमा छलफल गर्न दुई देशको सयुक्त लगानीमा जलविद्युत सम्मेलन हुन लागको हो । नेपाल उद्योग वाणिज्य महासंघ, भारतीय उद्योग परिसंघ सीआईआई, स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था ९इप्पान०, भारतीय एक्जिम बैंक र आर्थिक पत्रकार समाज सेजनको संयुक्त आयोजना हुन लागको सम्मेलनमा जलविद्यतुका पाँच क्षेत्रका विषयमा छलफल हुनेछ । सन २०१२ र २०१३ लाई लगानी वर्ष घोषणा गरिएको सन्दर्भमा जलीवद्युतमा हुने लगानी पहिल्याउन सम्मेलन सहयोगी बन्ने आयोजकले जनाएका छन् । चार वर्षपछि हुन लागेको सम्मेलनमा जलविद्युत क्षेत्रको नीतिगत व्यवस्था, यसका माध्यमबाट सामाजिक आर्थिक वृद्धि, देशभित्र र अन्तरदेशीय प्रसारणलाइन, जलविद्युतको पहिचान र लगानीका विषयमा छलफल हुने उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले जानकारी दिए । छलफलमा मुख्य राजनीतिक दलका नेताहरुलाई बोलाइएको छ । हाटेल सोल्टीमा हुने सम्मेलनको प्रधानमन्त्री डा। बाबुराम भट्टराईले अहिले बिहान साढे ९ बजे उद्घाटन गर्दैछन् ।