बेलायती प्रधानमन्त्री डेबिड क्यामरुन तीन दिने भ्रमणका सिलसिलामा अमेरिका पुगेका छन् ।
अफगानिस्तानमा रहेका अमेरिकी एक सैनिकले १६ सर्वसाधारणको हत्या गरेको घटनालगत्तै अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्न क्यामरुन अमेरिका पुगेका हुन् ।
अमेरिकामा रहँदा उनले ओबामासँग हत्याका प्रसंग लगायत इरानको परमाणु कार्यक्रम र सिरियामा जारी हिंसात्मक गतिबिधिका बारेमा छलफल गर्ने बेलायती अधिकारीहरुले जनाएका छन् ।
अफगानिस्तानमा हालै भएको हत्याकाण्डमा अमेरिकाले अफगानिस्तानसंग माफी मागिसकेको छ भने अफगानिस्तान अमेरिकासँग रुष्ट छ ।